काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौरमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ लाख ७ हजार ५२८ जनाले सेयर हात पारेका छन् ४ हजार ६०२ जनाको आवेदन रद्द भएको छ । ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
Advertisment