काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर (१ करोड ४० लाख रुपैयाँ बराबरको) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । मंसिर १२ गतेसम्म सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Advertisment