Below Menu
Below Menu

धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा

धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो।

सो अनुसार लघुवित्तले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको स्पष्टिकरण दिएपछि नेप्सेले सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।

तसर्थ, आजदेखि यसको सेयर कारोबार पुनः सुरु हुनेछ ।

Advertisment

थप समाचार