Below Menu
Below Menu

छुट्ला है युनिलिभरको लाभांश !

छुट्ला है युनिलिभरको लाभांश !

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्मका कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बम्पर लाभांश पाउन पाउनेछन् । सभाले करसहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगलबार मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्दैछ । यसको साधारण सभा मंसिर २६ गते बस्ने भएको छ । सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

Advertisment

थप समाचार