Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्तावसहित खानी खोला हाइड्रोपावरले बोलायो साधारणसभा 

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्तावसहित खानी खोला हाइड्रोपावरले बोलायो साधारणसभा 

काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले १ बरबर १ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने  प्रस्तावसहित साधारणसभा गर्न लागेको हो ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औं सभा गर्न लागेको हो । उक्त सभा पुस ४ गते धुम्र बराह पार्टी प्यालेस धुम्बाराही काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गर्नेछ ।

यसका साथै कम्पनीले हकप्रद शेयर जारी गरी अधिकृत पुँजी वृद्धि गर्ने भएको छ । सो सभाले हकप्रद शेयर सम्बनधी व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २द्द गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर २१ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

Advertisment

थप समाचार