काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो ।
सीडीएससीका अनुसार साेमबार साँझ ५ बजेसम्म १० लाख ५७ हजार ८२८ आवेदकबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ अर्थात १ करोड १५ लाख २३ हजार १५० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन आवेदन मागभन्दा १०.०४ गुणाले बढी हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये, पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँटसमेत भइसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासनमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Advertisment