Below Menu
Below Menu

तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 

तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नबिल बैंकलाई अनुमति दिएको छ । बोर्डले मंसिर १० गते प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो । 

बैंकले सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र बिक्री गर्न बोर्डको स्वीकृति पाएको हो ।  बैंकले कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट  र एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बैंकले उक्तऋणपत्र निष्कासनका लागि गत असार १७ गते बोर्डमा निवेदन दिएको थियो । 
 

Advertisment

थप समाचार