काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । मंसिर १२ गते अर्थात –आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतितशसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशत तोकिएको छ ।
विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा न्युनतम ४.२५ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा न्युनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा ४.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
त्यस्तै बैंकले क्रमिक बचतमा न्युनतम ९.२५ प्रतिशतदेखि अधिकतम १० प्रतिशत र मुद्दती निक्षेपमा ८.७५ प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
त्यस्तै, कर्जातर्फ बैकले ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरिने बैंकले जनाएको छ ।
यसका साथै मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ भने यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ ।
Advertisment