काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज आठ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
Advertisment