काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब डेढ करोड कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले त्रिशुली जलविद्युत कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता, संस्थापक शेयरधनी र कर्मचारीमा जारी गरेको एक करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेमा कम्पनीको सिम्बोल (केभिसीएल) रहेको छ । नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ८९ दशमलव ३८ रुपैयाँदेखि अधिकतम २६८ दशमलव १४ रुपैयाँसम्म तोकेको छ । कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment