Below Menu
Below Menu

तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण

तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बोर्डको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ र १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना  किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ । ती कम्पनीहरुले बोर्डमा जवाफ पेस गरेपछि कानुन अनुसार कारबाही हुने जनाएको छ ।

Advertisment

थप समाचार