Below Menu
Below Menu

एनसेलबाट बाहिरिँदै आजियटा, शेयर बिक्रीमा 

एनसेलबाट बाहिरिँदै आजियटा, शेयर बिक्रीमा 

काठमाडौं : आजियाटा कम्पनी एनसेलबाट बाहिरिने भएको छ । आजियाटाले नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ ।

नेपालमा व्यवसायिक चुनौती बढेको भन्दै सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको हो । एनसेलमा मलेसियाको आजियाटा ग्रुपको ८० प्रतिशत स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत शेयर नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ । 

एनसेलको व्यापार लगातार खुम्चिँदै गएको छ भने आम्दानी पनि घट्दै गएको छ । जसका कारण कम्पनी शेयर बिmत्री गरेर बाहिरिन लागेको हो । 

सन् २०२२–२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रूपैयाँमा सीमित भएको छ। कम्पनीले २०२१–२२ मा ३९ अर्ब ७२ करोड, २०२०–२१ मा ४० अर्ब ४२ करोड र २०१९–२० मा ४६ करोड ८७ लाख रूपैयाँको कारोबार गरेको थियो ।
 

Advertisment

थप समाचार