काठमाडौं : एनएमबि बैंकले शेयर धनीको हात खाली बनाएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय बैठकले गरेको हो । बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
बैंकले अघिल्लो वर्ष ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Advertisment