Below Menu
Below Menu

पर्यटक आगमनमा उत्साह, एघार महिनामा भित्रिए नौ लाख १८ हजार

पर्यटक आगमनमा उत्साह, एघार महिनामा भित्रिए नौ लाख १८ हजार

काठमाडौं : सन् २०२३ को नोभेम्बरमा पर्यटक आवागमनमा वृद्धि भएको छ । पर्यटन बोर्डका अनुसार एक महिनामा एक लाख ८ हजार ६३० पर्यटक नेपाल आएका छन् । 

सन् २०२३ को जनवरी महिना देखि नै पर्यटक आवागमनमा वृद्धि हुँदै आएको छ । गत अक्टोबरमा मात्रै पर्यटक आवागमनमा रेकड ब्रेक भएको थियो । बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका थिए । यो संख्या हालसम्मकै उच्च रहेको थियो ।

त्यस्तै नोभेम्बरमा पनि पर्यटक आउने संख्या बढिरहेको छ । बोर्डका अनुसार जनवरीदेखि हालसम्म नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट यस अवधिमा २४ हजार ४४३ पर्यटक नेपाल भित्रिएका हुन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१, बेलायतबाट ६ हजार १३८, चीनबाट ७ हजार ६०१ र अष्ट्रेलियाबाट ५ हजार ६० पर्यटक नेपाल भित्रिएका छन् । 

त्यसैगरी यस अवधिमा जर्मनीबाट तीन हजार ५१२, फ्रान्सबाट तीन हजार २०५, बंगलादेशबाट तीन हजार ७६१, श्रीलंकाबाट तीन हजार २२८ र थाइल्याण्डबाट ३ हजार ९६२ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
 

Advertisment

थप समाचार