काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश, इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजनाबाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आइरहेको कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति माग्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ।
कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न र लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी र्सिजना गरी राष्ट्रिय पूँजी वृत्ति गर्न आवश्यक रकम संकलन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
Advertisment