काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर १५ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७७ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रतिहजार न्युनतम २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेख अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक (रेगुलर) जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख योजनामा न्युनतम प्रति हजार ४४ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म कायम गरेको छ ।
त्यसैगरी सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) योजनामा न्युनतम प्रतिहजार ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment