काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा १३ लाख ४० हजार १ सय ९९ आवेदन परेको थियो । कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५ सय ६७ मात्रै आवेदन स्वीकृत भएका छन् । १ लाख १४ हजार ८ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Advertisment