काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएको छ ।
कम्पनीले तीन अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ । बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्युनतमब १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सर्वसाधारणले कम्पनीको आईपीओमा पुस १ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् भने ढिलोमा पुस ११ गतेसम्म समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले सिआस्वा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment