काठमाडौं : चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २० गते वार्षिक साधारण सभा बोलाएको छ । वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
Advertisment