Below Menu
Below Menu

सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । सोमबारदेखि कम्पनी सूचीकृत शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले भदौ ३ गतेदेखि निष्कासनमा ल्याएको हकप्रद शेयर सूचीकत भएको हो । हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात अर्थात ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । 

Advertisment