Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर २२ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार रिलायबल सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, लघु सावधिक जीवन बीमा योजनामा प्रतिहजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) अन्तर्गतको योजनामा प्रतिहजार २५ रुपैयाँदेखि बोनसदर कायम गरेको छ ।

कम्पनीले रिलायबल सुलभ जीवन बीमालृख÷सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्युनतम प्रतिहजार २४ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ६५  रुपैयाँसम्म कायम गरेको छ ।

त्यसैगरी सावधिक तथा आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल समुन्नती जीवन बीमा योजनामा प्रतिहजार २० रुपैयाँ र रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार