काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने आठ अर्ब रुपैयाँ बराबरको १ड२१ दिने नायँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी फागुन २९ गते र १८२ दिन अवधिको २०८१ जेठ २९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ मंसिर २५ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले बैंकले ६ अर्ब ४ करोड छ० लाख रुपैयाँ बराबरको ९१ दिने र १० अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment