Below Menu
Below Menu

आँखुखोला जलविद्युतको साधारणसभा पुस २० गते, बुक क्लोज कहिले ? 

आँखुखोला जलविद्युतको साधारणसभा पुस २० गते, बुक क्लोज कहिले ? 

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाइड्रोपावरको १६ औं सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा पुस २० गते शुक्रबार बैभव पार्टी प्यालेस मैतिदेवीमा बिहान ११ बजे हुनेछ । उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखा परीक्षक नियुक्र गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गर्नेछ ।

यसका साथै सभाले सर्वसाधारण शेयधनीको तर्फबाट एक जना सञ्चालक चयन गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर ३० गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् । 

Advertisment