काठमाडौं : बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर शुन्य प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएपछि अन्तर बैंक ब्याजदर ०.९६ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार मंसिर २० गतेसम्म बैक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब ८९ अहर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै अन्य वित्तीय संस्थाहरुको निक्षेप ६ खर्ब ९१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैैंकको तथ्यांकमा उल्लेख छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४९ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४४ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाहरुले ५ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेपछि अन्तर बैंक कारोबारको ब्याजदरसँगै सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल बैंकहरुको सिडि रेसियो ८०.४८ बिन्दुमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्प धमाधम निक्षेप उठाइरहेको छन् । राष्ट्र बैंकले १७ दिनमै बैंकिङ प्रणालीबाट एक खर्ब ५ अर्ब रुपैयाँ तरलता खिचेको हो ।
Advertisment