Below Menu
Below Menu

एनएमबि बैंकले घटायो ब्याजदर 

एनएमबि बैंकले घटायो ब्याजदर 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने भएको छ । यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो .

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याज दिने भएको छ । यसअघि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.५० प्रतिशत ब्याज तोकेको थियो ।

त्यस्तै, बैंकले बचतमा ४.६ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याज घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याज घटाउन सुरु गरेका हुन् । 

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरुले नयाँ ब्याजदर घटाएर प्रकाशित गर्न थालेका हुन्। यस अघि ७ प्रतिशत रहेको नीतिगत दरलाई राष्ट्र बैंकले ६.५ प्रतिशतमा झारेको छ । 

राष्ट्र बैंकले कर्जा विस्तारमा जोड दिने उद्देश्य अनुरुप निक्षेपको ब्याजदर घटाउने नीति लिएसँगै एनआईसी एसिया र कुमारी बैंकले ब्याजदर घटाइसकेका छन् ।

Advertisment

थप समाचार