Below Menu
Below Menu

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो ।

हाइड्रोपावरको सभा पुस २४ गते मंगलबार अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ।  उक्त सभाले कम्पनीले वितरण गर्न लागेको हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 

Advertisment