Below Menu
Below Menu

अरुण काबेलीको डेढ करोड कित्ता हकप्रद शेयर सूचीकृत 

अरुण काबेलीको डेढ करोड कित्ता हकप्रद शेयर सूचीकृत 

काठमाडौं : अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबारदेखि कम्पनी सूचीकृत शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकितमा मूल्यमा निष्काशन गरेको थियो । 


 

Advertisment