काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले मुद्दति निक्षेपमा ९.६० प्रतिशत ब्याज दिने भएको छ । यस अघि बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.६ प्रतिशत थियो ।
बैंकले संस्थागतमा ७.६० प्रतिशत ब्याज दिने भएको छ । यसअघि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९।५० प्रतिशत ब्याज तोकेको थियो ।
त्यस्तै, बैंकले बचतमा ४.६० देखि ७.६० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याज घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याज घटाउन सुरु गरेका हुन् ।
Advertisment