बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९९ अर्ब ४० करोड 

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९९ अर्ब ४० करोड 

काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा करिब एक अर्ब कर्जा लगानी भएको पाइएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा  प्रवाहित कर्जा रु.९९ अर्ब ४० करोड (२.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.६८ अर्ब ५५ करोड (१.५ प्रतिशत) ले बढेको थिया। 

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको छ ।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

गत आवको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८०/८१ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको गानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फकोकर्जा ३.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, नगद प्रवाह कर्जा १३.९ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १८.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.१ प्रतिशतले घटेको छ । 

थप समाचार