काठमाडौं : स्टयान्डर्ड चार्टर्ड बैंकले लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले मुद्दति निक्षेपमा ८.५६ प्रतिशत ब्याज दिने भएको छ । यस अघि बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.९७ प्रतिशत थियो ।
बैंकको मुद्दति निक्षेपको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ । बैंकले संस्थागतमा ७.७५० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, बैंकले बचतमा ३.६० देखि ५.६५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याज घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याज घटाउन सुरु गरेका हुन् ।
Advertisment