काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट भएको छ । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हाइड्रोपावरको एक शेयर बराबर एकको हनुपात अर्थात शतप्रतिशत हमप्रद बाँडफाँट भएको हो ।
कम्पनीले गत भदौ २८ गतेदेखि असोज २२ गतेसम्म साबिक शेयरधनीहरुलाई निष्काशन तथा बिक्री खुल्ला गरेको प्रति शेयर १०० रुपैयाँ अंकित दरको १० करोड ५९ लाख कित्ता हकप्रद बाँडफाँट भएको हो ।
कुल ६ लाख ४३ हजार २९३ जना कायम साधारण शेयरधनीहरुबाट ५ करोड १८ लाख ९१ हजार कित्ता शेयरमध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३ लाख ३५ हजार २३० जना शेयरधनीहरुबाट जम्मा ३ करोड ४८ लाख ९७ हजार ३९६ दशमलव ३४ कित्ता शेयरका लागि दरखास्त परेको थियो ।
जसमा १ हजार २२२ जना शेयरधनीहरुले जम्मा २५ हजार ९२६ दशमलव ३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेको हुँदा उक्त २५ हजार ९२६ दशमलव ३४ कित्ता शेयर बाँडफाँडमा समाबेश नगर्ने गरी कायम शेयरधनीहरुलाई हक अनुसार ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयरको बिहिबार दिन निष्काशन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्काशन कम्पनी, निष्काशन तथा विक्री प्रबन्धकहरुको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।
Advertisment