Below Menu
Below Menu

बुटवल पावर कम्पनीद्वारा लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव 

बुटवल पावर कम्पनीद्वारा लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव 

काठमाडौं : बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसका साथै कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एक करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि प्रक्रिया अगाडी बढ्ने छ ।

उक्त लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा बिहान कार्की व्याङ्क्वेट बबरमहलमा हुनेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्म १० दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् । 

Advertisment