Below Menu
Below Menu

१४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

१४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १४ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी माघ २ गते र १८२ दिन अवधिको २०८१ असार ५ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेका थियो भने आठ अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गरेका थियो । 

Advertisment

थप समाचार