Below Menu
Below Menu

सात कम्पनीले डाके साधारणसभा, एजेन्डामा लाभांश, आईपीओ र हकप्रद

सात कम्पनीले डाके साधारणसभा, एजेन्डामा लाभांश, आईपीओ र हकप्रद

काठमाडौं : विभिन्न सात कम्पनीले साधारणसभा बोलाएका छन् । प्राथमिक शेयर (आईपीओ), लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित कम्पनीहरुले साधारणसभा डाकेका हुन् ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, फ्ल्योर हिमालयन लिमिटेड, बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज र लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ, लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएका हुन् । 

त्यस्तै, मन्दाकिनी हाइड्रोपावर र हिमालयन पावर पार्टनर फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले ५ प्रतिशत कर सहितको नगद लाभँं दिने प्रस्तावसहित पुस २२ गते साधारणसभा बोलाएको छ । उक्त सभा अकामा होटल धुम्बाराहीमा साँझ ५ बजे हुनेछ । सभाले लाभांश प्रस्ताव पारित लगायत गत आवको वित्तीय विवरणहरुमाथि छलफल गर्नेछ । 

त्यस्तै, फ्ल्योर हिमालयन लिमिटेडले ५०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । उक्त सभा पुस २३ गते सोमबार एलिस रेष्ट्रेन्स, कन्फरेन्स हल पुलचोकमा दिउँसो २ बजे हुनेछ ।

 सभाले वार्षिक प्रतिवेदन लगायत अघिल्लो साधारणसभाबाट पारित १ बराबरको ५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय पुनः पारित गर्नेछ । साथै हकप्रद निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने सहित पुष २८ गते साधारण सभा बोलाएको हो । उक्त सभा यति इभेन्ट्स बसुन्धरा, काठमाडौँमा दिउँसो १ बजे बस्ने हुनेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

लोअर इर्खुवा हाइड्रोपावरले पनि आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सो सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजे हुनेछ । 

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

हिमालयन पावर पार्टनर लिमिटेडले पुष २५ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २९ बसेको कम्पनीको सचालक समितिको बैठकले उक्त सभा डाकेको हो । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पुष २९ गते १०औं वार्षिक साधारण बोलाएको छ । उक्त सभासभा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे ह्नेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सो सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाडौँमा बिहान १० बजे हुनेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संचालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुष १२ गते एक दिन बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुष ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
 

Advertisment