काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब १५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज अधिकांश जलविद्युत कम्पनीका शेयरमूल्य बढेको छ । एघार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने १६ कम्पनीको मूल्य ९ प्रतिशत भन्दाबढीले बढेको छ ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, रिडि पावर कम्पनी, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रो, दोदी खोला जलविद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रो डेभलपमेन्ट, सगरमाथा जलविद्युत कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट, रावा इनर्जी डेभलपमेन्ट, थ्री स्टार हाइड्रो र हाइथवे इन्भेष्मेन्ट नेपाल रहेका छन् ।
आज हिमालयन लघुवित्त वित्तीय संस्था संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment