काठमाडौं : विद्युत नियमन आयोगले दिव्यश्वरी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । आयोगले शप्रतिशत हकप्रद जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीबाट २०० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति मागेकोमा आयोगले १०० प्रतिशत मात्र हकप्रद निष्कासनको अनुमति दिएको हो । जस अनुसार कम्पनीलले १ बराबर १ को अनुपातमा २६ लाख ४० हजार कित्ता हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।
उक्त हकप्रद शेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।
Advertisment