काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । हकप्रद जारी गर्न बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि निष्कासन हुनेछ ।
Advertisment