Below Menu
Below Menu

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो । 

आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Advertisment

थप समाचार