Below Menu
Below Menu

सानिमा बैंकले तिर्यो सरकारलाई ६ करोड ५३ लाख कर 

सानिमा बैंकले तिर्यो सरकारलाई ६ करोड ५३ लाख कर 

काठमाडौं : सानिमा बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको ६ करोड बढी कर बुझाएको छ । बैंकले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दा भएको लाभ र हप्रद शेयर लिलाम गर्दाको प्रिमियम रकम वापत सरकारलाई ६ करोड ५३ लाख ८९ हजार ५५७ दहमलव ३० रुपैयाँ कर तिरेको जानकारी दिएको हो । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालत गएका थिए ।

हालै मात्र सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले कर तिर्नुपर्ने फैसला पछि बैंक तथा वित्तीय संस्थाले धमाधम कर तिर्न थालेका हुन् । 

Advertisment

थप समाचार