Below Menu
Below Menu

वाणिज्य बैंकहरुको खुद नाफा २१ अर्बमाथि, नौं बैंक पुगेनन् अर्ब क्लबमा 

वाणिज्य बैंकहरुको खुद  नाफा २१ अर्बमाथि, नौं बैंक पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकले २१ अर्बबढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि कात्तिकसम्म वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएका हुन् । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने कृषि विकास बैंक नोक्सानीमा रहेको छ । कात्तिक मसान्तसम्म नबलि बैंकले २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कृषि विकास बैंक २७ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको छ । 

त्यस्तै यस अवधिमा ग्लोबल आईएमई बैंकले एक अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ८६ करोड ६८ लाख, प्राइम बैंकले १ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ र हिमालयन बैंकले एक अर्ब ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार कात्तिकसम्म एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड ७६ लाख, एनएमबि बैंकले एक अर्ब २३ करोड ८५ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २० करोड ६७ लाख, एभरेष्टले एक अर्ब ८ करोड २ लाख र प्रभु बैंकले एक अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । 

नौं बैंक पुगेनन् अर्ब क्लबमा

यस अवधिमा दश बैंकले एक अर्ब भन्दामाथि नाफा कमाउँदा नौं बैंकको नाफा भने अर्ब भन्दा कम रहेको छ । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकको नाफा ८८ करोड ८० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, चालु आवको कात्तिक मसान्तसम्म सानिमा बैंकले ७७ करोठ ७८ लाख रुपैयाँ नाफा कमाउँदा माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल बैंकले ६६ करोड १५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले ५८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ३३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ ।
 

Advertisment

थप समाचार