काठमाडौं : विभिन्न १३ कम्पनीले साधारणसभा बोलाएका छन् । प्राथमिक शेयर (आईपीओ), लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित कम्पनीहरुले साधारणसभा डाकेका हुन् ।
मर्जर प्रस्तावसहितको साधारणसभा आह्वान
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २५ गते, बुधबार, कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरुको अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
ङादी ग्रुप पावरले मर्जर प्रस्तावसहित पुस २५ गते साधारणसभा बोलाएको छ । उक्त सभा कुण्डलिनी दरबार ब्याङक्वेट चण्डोल काठमाडौंमा बिहान ९ः३० बजे हुनेछ । सभाले गत आवको वित्तीय विवरण लगायत मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।
हकप्रद जारी गर्ने प्रस्ताव
सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने प्रस्तावसहित पुष २५ गते साधारण सभा बोलाएको हो । उक्त सभा कुण्डलिनी दरबार ब्याङक्वेट चण्डोल काठमाडौंमा दिउँसो १ बजे हुनेछ ।
सभाले वार्षिक प्रतिवेदन लगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य जलविद्युत कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा मर्जर प्रस्ताव पारित गर्नेछ ।
यसका साथै विद्युत नियमन आयोगबाट स्वीकृति भए बमोजिमका शतप्रतिशत अर्थात हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद जारी गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यस्तै, एनआईएमबि एस क्यापिटलले २५ प्रतिशत करसहितको लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । उक्त सभा पुस २५ गते बुधबार कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे हुनेछ ।
सभाले वार्षिक प्रतिवेदन लगायत चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र नियमावली संशोधन गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद निष्कासन गर्ने प्रस्तावसहित पुष २४ गते साधारण सभा बोलाएको हो । उक्त सभा कम्पनीको सभाहल कमलपोखरीमा साँझ ५ बजे हुनेछ ।
सभाले वार्षिक प्रतिवेदन लगायत चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै हकप्रद जारी गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
आईपीओ निष्कासन र वित्तीय सम्बन्धी साधारणसभा
हिमाली हाइड्रो फण्डले पुष २५ गतेका साधारण सभा बोलाएको छ । सो सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे हुनेछ । सभाले गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
मोदी जलविद्युत कम्पनीले पुष २५ गते ४३ औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २९ बसेको कम्पनीको सचालक समितिको बैठकले उक्त सभा डाकेको हो । उक्त सभा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमा छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै, उत्तर गंगा हाइड्रोपावर लिमिटेडले पुष २५ गते ४५ औं वार्षिक साधारण बोलाएको छ । उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल काठमाडौँमा दिउँसो २ः३० बजे हुनेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
एनइए इन्जिनियरिङ कम्पनीले पुष २४ गते वार्षिक साधारण बोलाएको छ । उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल काठमाडौँमा बिहान ९ बजे हुनेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
शैलेश्वरी पावर लिमिटेडले प्राथमिक शेयर आईपीओ जारी गर्ने प्रस्तावसहित पुष २४ गतेका लागि साधारणसभा बोलाएको छ । सो सभा होटल ए वान प्यालेस शंखमुल काठमाडौंमा दिउँसो १ बजे हुनेछ ।
सभाले वार्षिक प्रतिवेदन लगायत लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
लाभांश पारित गर्न डाके साधारणसभा
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ८ गतेसम्म कायम भएका शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाथवे इन्भेष्टमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीकोे १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, बुधबार, बोगनभिल्ला इभेन्ट्नस, त्रिपुरेश्वरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा भएका सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते एक दिनका बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
Advertisment