काठमाडौं : चितवनको सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० को आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै होटल संघ नेपाल (हान) ले कोरोना महामारीले रोकिएको उक्त महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको हो ।
मेलाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले गर्नेछन् । कार्यक्रममा बोल्दै होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रको विकासमा सरकारको साथ नपुगेको बताए ।
‘निजी क्षेत्रको विजनेश कन्फिडेन्समा कमि आएको छ । समयमा बैंकको सावाँ ब्याज तिर्न सक्ने वस्था छैन । मन्त्रीपरिषद्देखि प्रधानमन्त्रीसम्म हामीले आफ्ना समस्याहरु राख्दै आएका छौं । तर, सरकारको चासो अलि कम भएको छ ।’
कार्यक्रममा बोल्दै हानका महासचिव साजन शाक्यले पर्यटन क्षेत्रको उत्थान र प्रवद्र्धनमा सबै निकाय एक जुट हुन आवश्यक रहेको बताए ।
अध्यक्ष शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे ।
उनले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गरे । उनले भने, “वाइल्ड लाइफ टुरिज्म’को मागअनुसार सेवा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि गर्दै आएको हो, हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक पुग्ने गरेका छन् ।”
जलयात्रा पर्यटन व्यवसायीको छाता संगठन नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्षमा शिव अधिकारीले सकरारले पर्यटन ऐन कानुनको संशोधन र कार्यान्वयन नगर्दा निजी क्षेत्रको लगानी डुबिरहेको बताए ।
उनले भने, ‘पर्यटन बोर्डले ल्याएको बजेट कार्यान्वयन हुन सकेको छैन । भिजिट नेपालका नारा नारामै सिमित भएका छन् । ऐन कानुन सुधार भाषण मै सिमित बनेका छन् । पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत रुपमा भएका योजनाहरुको कार्यान्वयनमा जोड दिन आवश्यक छ ।’
यसका साथै उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल नियमति सञ्चालनमा ल्याउन जोड दिए । अन्तराष्ट्रिय विमानस्थलबाट होटल व्यवसायीले लाभ लिन नसकेको बताउँदै उनले खर्बौ ऋण लिएर गरेको लगनाी खेर गइरहेको बताए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताए । उनी भन्छन्, निजी क्षेत्रले गर्ने लगानी गरिरहेका छौं । पाँच तारे होटलहरु धेरै आएका छन् । पर्यटकीय गन्तव्यमा पुग्ने पूर्वाधारको समस्या छ । निजी क्षेत्रबाट भएको लगानीमा सरकारको सहयोग चाहियो ।’
‘निजी क्षेत्रको मेहनतमा सरकारले सहयोग गरे त्यसको लाभ पनि सरकारलाई नै हुने थियो राजस्व र कर सरकारलाई नै थपिने थियो’, उनले थपे ।
पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा दैनिक २० हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको सौराहा होटेल एसोसिएसनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० वटा बिक्री कक्ष रहनेछन् ।
विश्व सम्पदा सुचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरु लाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनु महोत्सवको अभिप्राय रहेको आयोजकले जनाएको छ ।
हात्ती विना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने बताउँदै पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरु लाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता रहेको आयोजकले जनाएको छ ।
यसका साथै यस वर्ष देखि प्लाष्टिक जन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको समेत आयोजकले जनाएको छ ।
महोत्सव आर्कषण्मा हात्तीको श्रंगार प्रतियोगिता, हात्तीवनभोज, स्वदेशी तथा विदेशी ट्राभल एजेंसीहरु संग बिटुबि ,मैत्रीपूर्ण खेलकुदप्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रम,स्थानीय भेषभुषातथाकला सँस्कृति सहितझाँकी प्रदर्शन रहेका छन् ।
त्यस्तै राष्ट्रिय तथा स्थानीयकलाकारहरुद्धारा दैनिक साँस्कतिककार्यक्रम,हात्तीको दिनचार्य बारे जानकारी, स्थानीय कृषिउत्पादनको प्रवर्द्धन गर्ने, अग्रज, उत्कृष्ट पथप्रदर्शक, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक र विविध शिप–कला प्रेमीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेको जनाएको छ ।
साथै विदेशी पर्यटकलाई प्राथमिकतामा राखेर मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ
Advertisment