Below Menu
Below Menu

नेप्सेमा थपियो तीन करोड कित्ता शेयर, बिहिबारदेखि कारोबारमा आउने 

नेप्सेमा थपियो तीन करोड कित्ता शेयर, बिहिबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन करोड कित्ता शेयर थपिएको छ । बुधबार नेप्सेले चिरख्वा खोला हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी र नेपाल वेयरिङ हाउसको आईपीओ सूचीकृत गरेको हो ।

यी तीन कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु समेत) मा जारी गरेको तीन करोड कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार चिरख्वा खोला हाइड्रोपावरको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले (सिकेएचएल) सिम्बोल दिएको छ ।

हाइड्रोपावरको पहिलो शेयर कारोबारको लागि १०० दशमलव १ रुपैयाँदेखि ३०० दशमलव ३ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

त्यसैगरी, भिजन लुम्बिनी उर्जाको आईपीओ कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कारोबारको लागि कम्पनीको सिम्बोल (भिएलयुसिएल) रहेको छ ।

कम्पनीको पहिलो शेयर कारोबारको लागि १२१ दशमलव ७८ रुपैयाँदेखि ३६५ दशमलव ३४ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

नेप्सेका अनुसार बुधबार नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६५ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको नेप्से सिम्बोल एनडब्लुसिएल रहेको छ । नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ९३ दशमलव ४ रुपैयाँदेखि अधिकतम २७९ दशमलव १२ रुपैयाँ तोकेको छ । 

Advertisment

थप समाचार