काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले पुस २० गते १६औं बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्बसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सर्बसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको निर्बाचन गर्ने, लेखापरिक्षक नियुक्ति गर्नेका साथै सञ्चालक समितिको निर्णयअनुसार कंम्पनीले आफ्ना सेयरधनीहरु लाई चुक्ता पूँजी ८० करोड रुपयाको १ः१.५ अर्थात १००ः १५० प्रतिशतको अनुपातमा हकप्रद जारी गर्न लागिएको छ । हकप्रद निष्काशन गर्नका लागी नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेड लाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक र सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिसकेको छ ।
बिद्युत नियमन आयोगले कंम्पनीलाई १५० प्रतिशत हकप्रद निष्कासनको अनुमती पाईसकेको कंम्पनीले अन्तिम स्वीकृतिको लागि नेपाल धितोपत्र बोडमा पेश गरिसकेको छ । धितोपत्र बोर्डले पछिल्लो समय आईपीओ र हकप्रद निष्काशनको लागि कात्तिक १ गतेबाट आबेदन स्थगित गरेको भएपनि पहिलै दर्ता भैसकेका कम्पनीले छिटै स्विकृती पाउने तयारीमा छ ।
Advertisment