काठमाडौं : सात दिनसम्म निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ३२.७७ अंकले घटेको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दु कायम भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यसैगरी, अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
Advertisment