काठमाडौं : राधी विद्युत कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत वितरण गर्ने प्रस्तावसहित पुस २९ गते साधारण बोलाएको हो । सो सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसा साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।