Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न बाराही हाइड्रोपावर डाक्यो साधारणसभा 

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न बाराही हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बारमा बिहान १०ः३० बजे शुनेछ । सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आवको वित्तीय विवरण, संचालक समितिको वार्षिक प्रतिवेदन,  लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित लगायत लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १९ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभा मा सहभागी हुन पाउनेछन् ।