काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत ११२ कम्पनीले लाभांश घोषणा गरेका छन् । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक १२, विकास बैंक ७, तीन फाइनान्स कम्पनी, होटल एण्ड टुरिजम कम्पनी तीन, हाइड्रोपावर कम्पनी १४, इन्भेष्मेन्ट कम्पनी चार, निर्माण तथा उत्पादन कम्पनी आठ, मर्चेन्ट बैंक आठ, माइक्रोफाइनान्स कम्पनी १३, म्युचुअल फण्ड १९, अन्य कम्पनी १८ रहेका छन् ।
फाइनान्स तर्फ तीन कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिने भएका छन् । जसमा श्री इन्भेष्मेन्ट फाइनान्सले ५.०५ प्रतिशत, आइसीएफसीले ६.५ प्रतिशत र मञ्जश्री फाइनान्सले ५.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
होटल एण्ड टुरिजम कम्पनी तर्फत तीन कम्पनीले लाभांश घोषणा गरको छन् । जसमा सोल्टी होटललले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २६.७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतितश लाभांश दिने प्रस्ताव गरेको छ ।
त्यसैगरी तारागाउँ रिजेन्सी होटलले ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको छ भने ओरियन्टल होटलले ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
इन्भेष्टमेन्ट कम्पनीतर्फ चार कम्पनीले गत आवको मुनाफबाट शेयरधनीहरुलाई लाभांश दिने भएका छन् । जसमा इमर्जिङ नेपालले ८.४२४१ प्रतिशत नगद, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले ५.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ भने हाथवे इन्भेष्टमेन्ट नेपालले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
निर्जीवन बीमा कम्पनी तर्फ नेपाल इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतितश नगद रहेको छ ।
त्यसैगरी नेपाल दुरसञ्चार कम्पनीले ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने सेक्युर्ड सेक्युरिटिज लिमिटेडले १०० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.२६३२ प्रतितश गरी कुल १०५.२६३२ प्रतिशत लाभांश दिने भएको छ ।
मर्चेट बैंक तर्फ
मर्चेन्ट बैंक तर्फका विभिन्न आठ कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिने भएका छ् । जसमा एनआइशी एशिया क्यापिटलले ४६ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत, सनराइज क्यापिटलले ३० प्रतिशत, सिटिजनले १२ प्रतिशत नगद दिने भएको हो ।
त्यसैगरी, प्रभु क्यापिटलले हाल कायम चुक्ता पुँजीको ६.३१ प्रतितश नगद दिने घोषणा गरेको छ । त्यस्तै, आरविवि मर्चेन्ट बैंकिङले १३.१६ प्रतिशत, एनआईएमबि एस क्यापिटलले २५ प्रतिशत र एनएमबि क्यापिटलले १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
विकास बैंक तर्फ
हालसम्म सात विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलई वितरण गर्ने लाभांश घोषणा गरको छन् । जसमा मुक्तिनाथ विकास बैंकले नगद र बोनस गरी १०.२६३२ प्रतिशत लाभांश दिने भएको छ भने गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश दिने भएको छ ।
त्यसैगरी, महालक्ष्मी विकास बैंकले ६.४ प्रतिशत नगद, लुम्बिनी विकास बैंकले नगद र बोनस गरी ८.५ प्रतिशत, मितेरी डेभलपमेन्टले १० प्रतिशत, सांग्रिला डेभलपमेन्टले ५.२६३ प्रतिशत र साइन रेसुङ्गा डेभलपमेन्टले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
उत्पादन तथा निर्माण क्षेत्र तर्फ आठ कम्पनीको लाभांश प्रस्ताव
नेप्सेमा सूचीकृत कम्पनीमध्ये उत्पादन तथा निर्माण क्षेत्रका आठ कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा युजिलिभर नेपालले १५८० प्रतितश नदल लाभांश दिने भएको छ । त्यस्तै, बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद, हिमालय डिष्ट्रिलरीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कसल २५ प्रति लाभांश दिने भएको छ ।
त्यसैगरी, मारुती सिमेन्टले १० प्रतिशत नगद, लक्ष्मी स्टिलले १४.२५ प्रतिशत बोनस र ५.३६ प्रतिशत नगद, नेपाल ल्युव आयलले २५ प्रतिशत बोनस र ५ प्रति नगद, शिवम् सिमेन्टसले नगद र बोनस गरी १५ प्रतितश र घोराही सिमेन्टसले १५ प्रतिशत बोनस शेयर दिने भएको हो ।
वाणिज्य बैंक तर्फ
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभाशं दिने घोषणा गरेका छन् । कुमारी, नेपाल बैंक र एनएमबि बैंकले भने यस वर्ष लाभांश नदिने भएका छन् ।
हाइड्रोपावर तर्फ
सूचीकृत कम्पनीहरु मध्ये हालसम्म १४ लघुवित्त कम्पनीले गत आवको मुनापाmबाट लाभांश दिने घोषणा गरेका छन् ।
लघुवित्त तर्फ
हालसम्म १३ माइक्रोफाइनानस कम्पनीले गत आवको मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् भने ११ कम्पनीले शेयरधनीको हाल खाली बनाएका छन् ।
लक्ष्मी लघुवित्त, सबैको लघुवित्त, नाडेप लघुवित्त, साधना लघुवित्त, गणपति लघुवित्त, उन्नति सहकार्य, साुमदायिक लघुवित्त, उपकार लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, हिमालयन लघुवित्तले भने गत आवको मुुनाफाबाट लाभांश नदिने घोषणा गरेका छन् ।
म्युचुअल फण्डको लाभांश
अन्य कम्पनीको लाभांश