Below Menu
Below Menu

बुक विल्डिङमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तमले पायो अनुमति 

बुक विल्डिङमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तमले पायो अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ । स्थानीय बासिन्दा र सर्वसाधारणलाई बुक विल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । 

कम्पनीले प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको थियो । बोर्डका अनुमति पाएसँगै कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्ने छ ।

यसअघि कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ दशमलव ५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर बोलकबोल गरेको थियो ।

उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Advertisment

थप समाचार