Below Menu
Below Menu

हिमालयन रिको आईपीओ बाँडफाँट: ३० कित्तासम्म भर्नेले मागेजति पाए

हिमालयन रिको आईपीओ बाँडफाँट: ३० कित्तासम्म भर्नेले मागेजति पाए

काठमाडौं : हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ६४ हजार ५६४ आवेदन आइपीओ हात पारेका छन् । कम्पनीको आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ ।

बिक्री प्रबन्धकका अनुसार १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।

Advertisment

थप समाचार